धनगढी। कैलालीको अत्तरियास्थीत चौकीडाँडामा सरकारी गाडी तोडफोड गरिएको छ। अत्तरियाको चौकीडाँडामा प्रदेश ३-०१-००२ झ ५२०२ नम्बरको सरकारी गाडी तोडफोड गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। आज विहान रातो नम्बरको कारको पछाडीको सिसा तोडफोड गरिएको हो।
गाडी तोडफोड भएको खवरपछि घटनास्थलमा पुगेर अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गणेश बरालले जानकारी दिए। यता शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले कैलालीमा सरकारी गाडी सञ्चालनमा रोक लगाएको छ।
समितिले आज बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सरकारी गाडी सञ्चालन गर्न नदिने बताइएको थियो। गेटा विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेको बुझिएको छ। यद्धपि घटना अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।