धनगढी। शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापर्नाथ संघर्ष समितिले कैलालीमा सरकारी गाडी सञ्चालनमा रोक लगाएको छ। समितिले आज बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सरकारी गाडी सञ्चालन गर्न नदिने बताइएको छ।
समितिका सह संयोजक आनन्द भट्टले कैलालीको गेटामा शहिद दशरथचन्द रास्ट्रिय स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय स्थापनार्थ चरण बद्ध अन्दोलन अन्तरगत हिजोको अन्दोलनमा प्रहरी हस्तक्षेप विरुद्ध र मेडिकल विश्व बिद्यालयका स्थापानाका लागि दिउँसो १२ बजेसम्म सरकारी गाडी सञ्चालन गर्न नदिएको बताए।
गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना गर्न प्रतिनिधि सभाको चालु अधिवेशनबाट विश्वविद्यालय विधेयक पास गर्न, प्रदेश सभाबाट विश्वविद्यालय स्थापनाको सङ्कल्प प्रस्ताव पारित गर्न र आगामी आर्थिक वर्षभित्र गेटामा ६ सय शय्याको अस्पताल सञ्चालनको माग राख्दै समिति २० दिनदेखी नियमित आन्दोलनमा रहेको छ।