धनगढी। नेपाल मुस्लिम संघ सुदूरपश्चिम अध्यक्ष शेख मुनिर अहमदले निराधार रुपमा आफ्नो बद्नाम नगर्न अनुरोध गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन् ।
‘कुनै एउटा राजनीतिक पार्टीले संस्थागत रुपमै एकजना व्यक्तिका लागि विगत ५/७ बर्ष देखि विना कारण दुष्प्रचार गर्नु बाधक बन्न खोज्नु न्यायोचित हुँदैन् । अहिलेको बैज्ञानिक युगमा पनि आदिम गुगका जस्तो धम्काउने, तर्साउने बन्दुकको डर देखाउनु भन्दा छलफल गरेर सत्य असत्य के रहेछ थाह भईहाल्छ ।’ उनले आफ्नो घरमा टासिएको पर्चा अनुसार कसैलाई ठगेको भए प्रमाण सहित आएमा कारवाही भोग्न तयार रहेको विज्ञप्ति मार्फत जनाएका छन् ।
७ बर्ष अगाडि भोजराज विकले मालपोत भई दृष्टिबन्धक पारित गरि दिएको ऋणको व्याज कानुन सम्मत भएको र उक्त कुरा असुल गर्ने कुरा मिटर व्याज नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् । आफु निरन्तर आफ्नो पेसा समाजसेवा पूर्ण वफादार भएर काम गरिरहेको उनले प्रकाशित गरेको विज्ञप्तिमा जनाएका छन। आफ्नो घरमा विभिन्न आरोप लगाएर पर्चा टासेर अनाहकमै बद्मा गर्न समेत आग्रह गरेका छन् ।