धनगढी। कैलालीमा किसान र सीमा सशस्त्र प्रहरी बलबीच तनाव सिर्जना भएको छ । रासायनिक मल ल्याउने क्रममा भजनी नगरपालिका ५ पगियापसारमा स्थानीय किसान र सशस्त्र प्रहरीबीच विवाद भएको हो।
बर्खे धान खेतीका लागि भारतीय सीमाबर्ती बजारबाट रासायनिक मल ल्याउने क्रममा किसान र सशस्त्र प्रहरीबीच झडप भएको स्थानियले बताएका छन्। भजनी ३ का वडाध्यक्ष विक्रम चौधरीले नेपालमा मलको अभाव रहेको बेला स्थानीय किसानले भारतीय सीमाबर्ती बजारबाट मल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिँदा विवाद बढेको बताए। स्थानीय १२ जना किसानले साइकलमा ४३ कट्टा मल ल्याइरहेका थिए। कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लुकीछुपी अवैध रुपमा ल्याएको मल नियन्त्रणमा लिएको बताए।