दार्चुला। दार्चुलामा लागुऔषध चरेशसहित एक जना पक्राउ परेका छन्। बैतडी जिल्लाको डिलाशैनी गाउँपालिका–१ नाराका ५० वर्षीय कमल कुमार राना लागुऔषध चरेशसहित दार्चुलाबाट पक्राउ परेका हुन्।
रानालाई ७ सय ग्राम लागुऔषधसहित दार्चुलाको शैल्यशिखर नगरपालिका–९ बाट पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।