कैलाली। कैलालीको कैलारी गाउँपालीका-२ बाट अबैध सालको काठ बरामद गरिएको छ। आज (सोमबार) बिहान साढे १० बजे कैलारी गाउँपालीका-२ उजेरिसिमराबाट सोही ठाउँका ५४ बर्षिय राम कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
सोही स्थानमा सञ्चालन गरेको रामबिर फर्निचर उद्योगको बाहिरपट्टी अबैध सालको काठ लुकाई राखेको छ भन्ने बिषेश सुचनाका आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरी टोलीले सालको बिभिन्न साईजका ७ वटा गोलिया, सालको बिभिन्न साईजका १८ वटा सिलापट गरी १लाख ७०हजार ४१६ मुल्यको १०६ दशमलब ५१ क्युफिट बरामद गरेको हो।
बरामद गरिएको उक्त अबैध काठ र निज राम कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आवस्यक कार्वाहीको लागी सबडिबिजन बन कार्यालय उदासिपुरका बन रक्षक जगदिश चौधरीको जिम्मा लगाईएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनु्सन्धान गरिरहेको बताएको छ।