कञ्चनपुर। कञ्चनपुरकी एक महिला भारतको मुम्बईमा मृत अवस्थामा भेटिएकी छिन् । कञ्चनपुर स्थायी घर भएकी निर्मला रावल सेठीको भारतको मुम्बईमा मृत्यु भएको हो। ४ महिनाअघि बिहेपछि उनी भारत गएकी थिइन्।
कैलालीको गोदावरी नगरपालिका माइत भएकी मृतकको गत माघमा बिहे भएको थियो। त्यहाँ उनी श्रीमान, नन्दहरु र सासू ससुरासित बस्दै आएकी थिइन्।मृतकका आफन्तका अनुसार जेठ ३१ गते उनी मृत फेला परेकी थिइन्। उनी झुन्डिएको अवस्थामा फेला परेको बताइएको छ। तर, मृतकका बुबा र माइती पक्षले भने उनको हत्या भएको आरोप लगाएका छन्। उनीसितै बस्ने २ नन्दहरुले हत्या गरेको आफन्तले आरोप लगाएका छन्।प्रहरीले सो सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।