धनगढी। कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। कैलालीको अत्तरियास्थीत गोदावरी नगरपालिका–२ आदर्श टोलमा नामथर नखुलेकी अन्दाजी २५ वर्षीया युवती आज (सोमवार)बिहान मृत फेला परेकी हुन्।
मालाखेती ईलाका प्रहरी कार्यालयले महिलाले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएको अवस्थामा उनी मृत फेला परेको जनाएको छ। प्रहरीका अनुसार मृतक महिलाको पहिचान खुल्न सकेको छैन।घटनाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको बताएको छ।