कैलाली। कैलाली प्रहरीले जिल्लाका बिभिन्न ठाउँबाट २ लाख २७ हजार रुपैयाँभन्दा बढीको भन्सार छलीको अबैध सामान वरामद गरेको छ। प्रहरीले आज बिहान १० बजे कैलालीको धनगढी ३ चटकपुर पछाडी गल्लीमा भारतबाट भन्सार छलि ल्याइएको ५७ हजार ६०० मूल्यको एक थान एसी बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको मोटरसाइकल प्रहरी गस्ती टोलिले आज दिउँसो १२ बजे कैलालीको धनगढी उपमहानगरपालिका २ ट्राफिक चौराह नजिक भारतबाट भन्सार छलि गरी ल्याएको ९ हजार मुल्यको सामान बरामद गरेको छ।
यस्तै आज साढे १० बजेको समयमा कैलालीको भजनी नगरपालीका ५ स्थित हलुङ्गाघाट नजिकैको जंगलबाट संयुक्त प्रहरी गस्ती टोलीले से.४प.१४१२ नंम्बरको मोटरसाईकल र १ लाख ६१ हजार ५० मुल्यको अबैध सामान पनी बरामद गरेको छ। यसरी जम्मा २ लाख २७ हजार ६ सय ५० मुल्य बराबरको भन्सार छलिको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बरामद गरिएका सामानहरुको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।