धनगढी : उधोग, पर्यटन बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले पर्यटन र उधोगबाट १ प्रतिशत मात्रै रहेको कुल गार्हस्थ्य उत्पादन (जीडीपीलाई) १२ प्रतिशत पुगाउने लक्ष राखेको बताएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको पर्यटन बिकास समाजले आयोजना गरेको सुदूरपश्चिमको पर्यटन निति र कृष्णपुरको अभ्यास बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री धामीले पर्यटन र उधोगका क्षेत्रबाट सुदूरपश्चिमको आम्दानी बढ्न नसकेको औँल्याउँदै अब आम्दानी बढ्नुपर्नेमा जोड दिएका हुन् ।
मन्त्री धामीले समग्र सुदूरपश्चिमको पर्यटकिय बिकासका लागी मन्त्रालयको पहलमा १० बर्षे गुरुयोजना बनिसकेको बताए । यसले सुदूरपश्चिममा धार्मिक तथा पर्यटकिय हिसाबले सम्भावना बोहेका पर्यटकिय स्थलहरुको पहिचान गरी पर्यटनलाई आर्थिक सम्बृद्धीको मुख्य आधार बनाउने लक्ष निर्धारण गरिएको उनले बताए । यस क्षेत्रमा रहेका पर्यटकिय स्थल, ताल, तलैया, झरना मन्दिर, पार्क तथा पिकनिक स्पोटहरुलाई पर्यटकिय क्षेत्रको माध्यम बनाई ब्यवसायिकतामा जोड दिइने धामीको भनाई थियो ।
प्रदेशको निति तथा कार्यक्रममा समेत पर्यटन क्षत्रको बिकास गरी यसैबाट प्रदेश भित्रै रोजगारी श्रृजना गर्ने कार्यक्रम आएको बताउँदै उनले यस प्रदेश भित्र रहेका प्रशिद्ध पर्यटकिय गन्तब्यहरुको बिकास गर्ने लक्ष लिइएको स्पस्ट पारे । धामीले यस क्षेत्रको पर्यटन बिकासका लागी म र मेरो ब्यक्तीगत तर्फबाट कुनै किसिमको कमी नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य ओम बिक्रम भाट, पुर्व प्रदेशसभा सदस्य महेश दत्त जोशी, श्यामलाल राना, कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझा लगायतको सहभागिता थियो ।