धनगढी। धनगढीमा रहेको बेहडा बाबा मन्दिरले आयोजना गरेको गंगादशहरा मेला २०८० को आय व्यय सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका-१६ मा रहेको उक्त मन्दिर व्यवस्थापन सेवा समितिले शनिबार पत्रकार सम्मेलन गर्दै मेलाको आय व्यय सार्वजनिक गरेको हो।
बेहडाबाबा मन्दिर व्यवस्थापन समितिले सार्वजनिक गरेको तथ्यांकमा खर्च तर्फका शिर्षक दोहोरिएका छन्। मेलामा विद्युतिय सामग्री खरिद शिर्षक तथा जडानमा १ लाख ३० हजार १ सय ३८ रुपैयाँ खर्च भएको छ भने लाईट तथा विद्युत जडान तथा मिस्त्री खर्च शिर्षकमा फेरि ३६ हजार ३० रुपैयाँ खर्च भएको छ।
त्यसैगरी सुरक्षाकर्मी नास्ता खर्च शिर्षकमा २४ हजार रुपैयाँ खर्च भएको छ भने रेडक्रस, स्वयम् सेवकलाई नास्ता तथा सहयोग रकम वितरण शिर्षकमा २० हजार खर्च गरिएको छ । यस्तै सौचालय सरसफाइ तथा खानेपानी व्यवस्थापन शिर्षकमा ६० हजार ३ सय ३८ रुपैयाँ खर्च गरिएको छ भने पानी खरिद शिर्षकमा १० हजार ९ सय ९९ रुपैयाँ खर्च भएको फेरी व्यवस्थापन समितका अध्यक्ष पदमराज जोशीले विवरण बनाउदा केही त्रुटीहरु भएको बताएका छन्। गंगा दशहरा मेलामा जम्मा ७ लाख ८५ हजार ३ सय ८९ रुपैयाँ खर्च भएको छ भने २३ लाख ८९ हजार ४ सय ७२ रुपैयाँ मन्दिर व्यवस्थापन समितिको खातामा बचत रहेको छ ।