धनगढी। सुदुरपश्चिम सरकारले आगामी आर्थिक बर्षमा सडक पुर्वाधारतर्फ ५ अर्ब ६८ करोड बजेट विनियोजन गरेको छ । सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सडक पुर्वाधारतर्फ उक्त बजेट विनियोजन गरिएको बताए।
आगामी आर्थिक बर्षमा सडक पुर्वाधारतर्फ २१८ किलोमिटर पक्की सडक, २८८ किलोमिटर ग्राभेल सडक तथा १० वटा सडक पुल निर्माण गर्ने लक्ष्य लिएको बताए । यस्तै सडक सञ्जाल बिस्तार नभएका स्थानिय तहमा संघ सरकार, बिकास साझेदार र स्थानिय तह समेतको समन्वय र सहकार्यमा सडक सञ्जाल बिस्तार गरिने बताइएको छ । सडक पुल र झुलुङ्गे पुल निमार्ण कार्यलाई निरन्तरता दिइने मन्त्री शाहीले बजेट प्रस्तुत गर्दै बताएका छन् ।