धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कृर्षी तथा पशुपन्छी क्षेत्रमा आत्मनिर्भर बनाइने बताएको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश शाहीले सो बजेट प्रस्तुत गर्दै कृर्षी तथा पशुपन्छी क्षेत्रमा आत्मनिर्भर बनाइने बताएका हुन्।
उत्पादन तथा लागत न्युनिकरण गर्दै कृर्षी क्षेत्रको उत्पादकत्व बृद्र्धि गर्न कृर्षी तथा पशुपन्छी क्षेत्रको बिकासका लागी बिद्धुत, कृर्षि बिमा, कृर्षि कर्जा, बिउ बेर्ना, नश्ल, रासायनिक र कृर्षि यन्त्रमा प्रदान गर्दै आएको सुबिधा र सहुलियतलाई निरन्तरता दिएको बताए । आगामी ५ बर्षमा दलहनबाली, मसलन, फलफुलमा आत्मनिर्भर हुने गरी कृर्षिमा आत्मनिर्भर सुदुरपश्चिम प्रदेश अभियान सञ्चालन गर्ने बताए । सो अभियान अन्तरगत भटमास,ओखर, सुन्तला,स्याउ, अदुवा, खाद्यान्न, बिउ, मासु र अण्डामा आत्मनिर्भर हुने गरी प्रदेशका सबै जिल्लामा कार्यक्रम लागु गरिने बताए ।
यस्का लागी प्रर्याप्त बजेटको ब्यवस्था गरेको बताए । हालसम्म प्रदान गरिदै आएको कृर्षी अनुदानमा देखीएका कमीकमजोरीलाई सुधार गरी कृर्षि अनुदानलाई समुचित उपयोग गरी ब्यावसायीक कृर्षि गर्ने कृर्षकलाई शुन्य ब्याजदरमा रिणको ब्यवस्था गरेको बताए । प्रदेश कृर्षी प्रद्र्धधन कोषको स्थापना गरि शुन्य ब्याजदरमा कृर्षी ब्यवसाय कर्जा उपलब्ध गराउन ४ करोड बिनीयोजित गरेको बताए । साना किसानका लागी उपलब्ध गराउँदै आएको सहायता तथा सहुलियतलाई निरन्तता दिएको बताए ।
धान,मकै,भटमास प्रबर्धन, फलफुल बाख्रा, भेडा लगायत पशुपन्छीको प्रबर्धन र कृर्षी ब्यावसायीक बजारकरणका लागी कृर्षी एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना बनाएको बताए । दार्चुला र बाजुरा जिल्लामा चाङ्गा पालनका लागी १ करोड २० लाख बिनीयोजन गरिएको छ । प्रदेशमा रासायनिक मलको सहजताका लागी संघ सरकारले प्रदान गर्ने अनुदानमा समाबेश नभएका सल्फेट, एसएसपी रासायनिक मलमा अनुदान दिने ब्यवस्था मिलाएको बताए । प्राङग्रारिक मललाई प्रयोग बढावा दिन स्थानिय तथा निजी सहकारी संस्थाको सहकार्यमा स्थानिय स्तरमा उपलब्ध हुने कच्र्चा पदार्थको सदुपयोग गरि छोटो अवधीमा प्राङग्रारिक उत्पादन गर्ने कार्यमा मेसेनरी सामान खरिद कार्यमा सहयोग गरिने बताए । खाद्य तथा पोषण सुरक्षाका लागी बजेटको ब्इवस्था गरेको बताए।