कञ्चनपुर। कञ्चनपुरमा भारतीय नापी विभागको कर्मचारी भन्दै जमिन नापजाँच गरिरहेका ५ जना पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी भुजेलास्थित सीमावर्र्ती क्षेत्रमा अनाधिकृत रुपमा जमिन नाप जाँच गरि रहेका पाँच भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र र जनपद प्रहरीले भुजेलाबाट पक्राउ गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याएको छ। स्थानीयका अनुसार उनीहरु आफूलाई भारतीय नापी विभागका कर्मचारी बनाउँदै शंकास्पद रुपमा जमिन नाप जाच गरि रहेका बेला उनीहरुलाई नियन्त्रणमा लिइएको वडा अध्यक्ष प्रकाश थापाले बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अर्यालले उक्त विषयमा आवश्यक छानबिन भईरहेको बताए। नापजाँच गरिरहेका ती भारतीयलाई जिप्रका ल्याएर आवश्यक अनुसन्धान गर्ने काम भईरहेको ‘प्रजिज आर्यालले बताए । उनीहरु को हुन रु किन आएको के उदेश्य हो भनेर प्रहरीले छानबिन गरिरहेको उनले बताएका छन्।