धनगढी। कैलालीको टीकापुरस्थीत नवजीवन सहकारीको ग्यारेजभित्र आगलागी भएको छ। आज दिउँसो टीकापुर नगरपालिका–१ मा रहेको नवजीवन सहकारी संस्थाको ग्यारेजभित्र आगलागी हुँदा दुई थान मोटरसाइकल जलेर नष्ट भएका छन् । सहकारी संस्थाको मोटरसाइकल पार्कीङ गर्ने ग्यारेजमा आगलागी भएको हो।
ग्यारेजभित्र पार्कीङ गरी राखेको सोही सहकारी संस्थाका सुरक्षा गार्ड ४१ वर्षीय मदनबहादुर सिंहको भे ८ प २९३ नम्बरको मोटरसाइकल र सुर्खेत बिरेन्द्रनगर नगरपालिका-८ खजुराका ५६ वर्षीय कालु खाँण ठकुरीको सुदूरपश्चिम प्रदेश ०१००८ प ५९०२ नम्बरको मोटरसाइकलमा एक्कासी आगलागी हुँदा दुबै मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट चार लाख बराबरको क्षति भएको छ। प्रहरी र दमकलको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रण आएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।