धनगढी : कैलालीमा लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–७ का ३६ वर्षीय सनम भण्डारी पक्राउ परेका छन्। उनलाई जिल्ला अदालत कञ्चनपुरले २८ दिन कैद र दुई हजार जरिवाना तोकेको थियोे।
भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिई गएको संयुक्त प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो।