धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ नागरिक उन्मुक्ति पार्टीका नेता एवं प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीले २८ जेठको प्रदेशसभा बैठकमा सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरे ।
सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको हुदाँ सुदूरपश्चिम प्रदेशको नाम यहाँको समुदाय र संस्कृती झल्किने गरी खप्तड थरुहट प्रदेश राख्नुपर्ने उसको माग छ । तर प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य दलहरुले अहिले त्यो सम्भव नभएको बताएका छन् ।
प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका थिए । प्रदेश सभाको लोगो संशोधनका लागि समिति गठन गरिएको विषयलाई स्वागत गर्दै चौधरीले प्रदेशको नाम पनि सान्दर्भिक नभएकाले संशोधनगर्दै खप्तड थरुहट प्रदेश राख्नुपर्ने माग गरेका हुन् चौधरीले सुदूर शब्द राज्य, समुदाय र प्रदेशबाट समेत टाढा राखिएको भान भएको छ । नाम संशोधन गरिनुपर्छ । यहाँको समुदाय र संस्कृती झल्किने गरी खप्तड थरुहट प्रदेश राख्नुपर्ने बताए ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेपनि सतापक्ष त्यसमा सहमत हुने देखिदैन । अहिलेको सत्ता गठबन्धन संग स्पष्ट बहुमत भएपनि प्रदेशको नाम र राजधानीका विषयमा प्रदेश सभा बैठकमा ब्यापक छलफल, र बहस भएको हुदाँ अहिले नाम फेर्न त्यति सहज नभएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए । उनले नागरिक उन्मुक्ति पाटीले उठाएको माग जायज भएपनि त्यो सम्भब नभएको बताए ।
प्रदेश ७ को प्रदेशसभा बैठकले २०७५ असोज १२ गते प्रदेशको नाम र राजधानी घोषणा गरेको गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीका सांसदहरुले सुदूरपश्चिमको पक्षमा मतदान गरेका थिए । प्रदेश ७ का ५३ सांसद मध्ये दुई तिहाईका लागि ३६ मत आवश्यक भएपनि त्यति वेला उक्त प्रस्तावको पक्षमा ३८ मत परेको थियो । तत्कालिन सामाजिक विकास मन्त्री र अहिले एकिकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दिर्घ सोडारीले प्रदेशको नाम र राजधानी दुई तिहाईले पास गरेका कारण कसैले चाहदैमा परिर्वतन नहुने बताए । उनले प्रदेशको नाम र राजधानी सम्बन्धी विधेयक आफुले टेवल गरेको स्मण गरे । पहिचान बादीले देशमा फेरि पनि स्थीतरता पैदा गर्ने खोजेका कारण त्यो सम्भव नभएको बताए ।
देश सङ्घीयतामा जानै लाग्दा मुख्यतः बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारुहट प्रदेशको माग गर्दै आन्दोलन भएको थियो । कैलाली लगायतका जिल्लाका थारु समुदायले थरुहट प्रदेशको माग गरिरहेका थिए भने त्यसको विपरीत अखण्ड सुदूरपश्चिमको मागसहित आन्दोलन भएको थियो । त्यपछि २०७४ सालको निर्वाचिन पछि गठन भएको प्रदेश सभाको दुई तिहाईले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्ने पक्षमा मतदान गरेका थिए भने विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका १४ सांसदले भने मत हाले । त्यति वेला नाम र राजधानी पाउने सुदूरपश्चिम तेस्रो प्रदेश बनेको थियो ।