धनगढी : सहिद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालयका लागी सुदूरपश्चिम प्रदेशसभाले संकल्प प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिइएको छ । सहिद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सञ्चालनार्थ संघर्ष समितिले धनगढीमा आयोजना गरेको छलफलमा सबैभन्दा पहिले सुदूरपश्चिम प्रदेशसभाबाट संकल्प प्रस्ताव पास गर्नुपर्नेमा जोड दिइएको हो । सडकमा मात्रै आन्दोलन नभएर यसका लागी सदनमा समेत आन्दोलनको जरुरी रहेको यहाँका बुद्धिजिबीहरुले तर्क गरेका हुन् ।
हामीले सडकमा बोलेर मात्रै संघ सरकार सुन्दैन यहाँका माननियहरुले सदन तताउनुपर्छ नास्ट कलेजका प्रमुख शिवहरी मुडभरीले भने “सबैभन्दा पहिलो यहाँबाट निर्वाचित सांसदहरुले आवाज उठाउनुपथ्र्यो तर हाम्रो दुर्भाग्य सदनमा नभएर यस्तो ४३ डिग्री गर्मी सहेर सडक तताउनु परेको छ, यो जतीको सुदूरपश्चिमको लाज कुनै हुन सक्दैन हाम्रा प्रतिनिधी लाचार भए आवाज उहाँहरुले उठाउनुपर्ने हो त्यो नहुनु सुदूरपश्चिमका लागी दुखद कुरा हो ।” सुदूरपश्चिम प्रदेशसभाले धेरै नगरे एउटा संकल्प प्रस्ताव पास गर्न त सक्छ तत्काल त्यो पास गरेर संघिय सरकारलाई थप दवाव दिनुपर्छ उाले भने “सधैँ हामी ठगिन मात्रै लाग्यौँ यहाँका नेता बिक्रि हुन तयार छन् तर यहाँका जनताका लागी लाभ हुने काम गर्न तयार छैनन्, यो आन्दोलनको नेतृत्व सडकमा र सदनमा हुन जरुरी छ, अब सडकको नेतृत्व यो संघर्ष समितिले गरोस। सदनको नेतृत्व एकजना संसदले गरेर सबै सुदूरपश्चिमबाट निर्वाचित सांसद एकढिक्का हुन जरुरी छ ।”
सहिद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय बनाउने खाली हल्ला मात्रै फिजाएर फेरी सुदूरपश्चिममाथी धोका भएको बिश्लेसक डिल्लीराज जोशी बताउँछन् । सरकारले चाहेमा गर्न नसकिने कुरा छैन यो मेडिकल माफियाको चगुंलमा सरकार फसेका कारण दोचौरे प्रवृती देखाइरहेको छ, उनले भने “सरकार के गर्ने हो स्पस्ट भनोस हाम्रो एकसुत्रे माग गेटामा सहिद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालयका लागी चाँडो बिधेयक पास होस भन्ने हो ।”
धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले यहाँबाट राजनितिक नेतृत्व गर्नेहरुले आ आफ्नो पार्टीको धारणा स्पस्ट पार्नुपर्नेमा जोड दिए । हामीले सडकमा यि कार्यक्रम निरन्तर चलाइरहनुपर्छ उनले भने “तर राजनितिक नेतृत्वहरुलेपनि आ आफ्ना धारणा सार्वजनिक गरेर सरकारलाई दवाव दिनुपर्छ, माननियहरु गुलाम भएर बस्नुभन्दा संसदमा आवाज उठाउनमा लाग्नुपर्छ, अब यो आन्दोलन सुदूरपश्चिमका हरेक जिल्ला र काठमाण्डौँसम्म पुगाउनुपर्छ ।” कार्यक्रममा कानुन ब्यवसायी, चिकित्सक, ब्यवसायी, पत्रकार, बुद्धिजिवी लगायतले आ आफ्ना सुझाव राखेका थिए ।
सहिद दशरथचन्द स्वास्थ्य बिज्ञान बिश्वबिद्यालय सञ्चालनार्थ संघर्ष समितिका संयोजक लोकराज पाण्डेले सबैका सुझाव संकलन गरेर आगामी आन्दोलनका कार्यक्रम तय गरिने बताए । सके काठमाण्डौँमै गएरपनि आन्दोलन गर्ने गरी तयारी थालिएको उनले बताए । सरकारले बिधेयक अर्थ मन्त्रालयमा छ भनेर भनेको छ उनले भने “त्यो बिधेक चाँडो संसदमा प्स भएर पास नहुँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ, यही अधिवेशनमा बिधेयक पास गर्ने गरी सरकारले काम गरोस हाम्रो माग हो ।”
प्रदेशसभा अगाडी थाल बजाएर प्रदर्शन हुने
विश्वविद्यालय स्थापनाका लागि दवाव दिन भोलि बिहिबार सुदूरपश्चिम प्रदेश सभा अगाडी थाल बनाइने भएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिको आयोजनामा संघिय संसदमा गेटामा स्वास्थ्य विश्वविद्यालयका लागि संकल्प प्रस्ताव र विधेयक पेश गरिनुपर्ने माग गर्दै थाल बनाइन लागिएको छ ।
संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले सरकार र सांंसदहरुबाट गेटामा स्वास्थ्य विश्वविद्यालय बनाइने प्रतिवद्धता आएपनि बजेटमा भएको त्रुटी सच्याउन प्रक्रिया अगाडी नबढेकाले आन्दोलनका कार्यक्रम अन्तरगत बिहिबार प्रदेश सभा अगाडी थाल बजाउन लागिएको बताए ।
संघिय सरकारले आर्थीक बर्ष २०८०/८१ को बजेटमा गेटामा स्वास्थ्य प्रतिष्ठान संचालन गरेर १ सय बेडको अस्पताल संचालन गर्ने भनेपछि सुदूरपश्चिममा संघर्षका कार्यक्रम हुँदै आएका छन । सरकारले माघ २९ गते मन्त्रिपरिषदबाट निर्णय गरेर नीति कार्यक्रममा पनि गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संचालन गर्ने उल्लेख गरिएपनि बजेटमा प्रतिष्ठान बनाएर १ सय वेडको मात्रै अस्पताल चलाउने बताएको थियो ।
उनले प्रदेश सभा अगाडी थाल बजाएर गरिने विरोध प्रदर्शनमा सहभागिताका लागि आम सुदूरश्चिमबासिमा आ–आफ्नो घरबाट थाल र चम्मच लिएर प्रदेश सभा अगाडी आउन आग्रह गरिएको बताए ।