धनगढी सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारको आर्थिक वर्ष २०८०र८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो। मंगलवार बसेको प्रदेश सभा बैठकले बहुमतले नीति तथा कार्यक्रम पारित गरेको छ। जेठ २४ गते प्रदेश सरकारले नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेको थियो।
छलफलमा सत्तापक्षका प्रदेश सभा सदस्यले थप्नुपर्ने विषयमा सुझावसहित नीति तथा कार्यक्रमको समर्थन जनाएका थिए। यसैगरी, प्रतिपक्षी दलबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्यहरुले पुरानै निरन्तरता र कर्मकाण्डी भन्दै नीति तथा कार्यक्रमको विरोध गरेका थिए।