धनगढी । प्युठानको स्वर्गद्वारी मन्दिरबाट फर्कँदै गरेको कार दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जनाको मृत्यु भएको छ। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । सबैलाई अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो ।
मन्दिर दर्शन गरी फर्किने क्रममा लु। १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ भ्यागुते भन्ने स्थानमा आज दिउँसो दुर्घटना भएको हो।
कारमा सवार दुई पुरुष, दुई महिला र ४ जना बालबालिकाको मृत्यु भएको प्युठानका प्रहरी निरीक्षक शुशील थापा मगरले जानकारी दिए ।
कार सडकबाट ५० मिटर तल खसेको थियो । उनीहरु दाङको लमहीबाट स्वर्गद्वारी मन्दिरको दर्शनका लागि गएको पनि प्रहरीले जनाएको छ ।