कैलाली। कैलालीको गौरीगंगा नगरपालिकाका विद्यालयहरुमा ३ दिनका लागि गर्मी विदा दिइएको छ। नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै अत्याधिक गर्मीका कारण पठन पाठनमा समस्या भएको भन्दै जेठ २८ देखि ३० गते सम्म विदा दिने जनाएको हो।
अधिकृत गणेश जोशीद्धारा जारी सूचनामा हाल गर्मीयाम लागेसंगै तापक्रम अत्याधिक वृद्धि भए गर्मी भइरहेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्नुका साथै पठनपाठन पनि प्रभावित भइरहेकोले विद्यालयको बर्षे तथा हिउँदे विदाबाट कट्टी गर्ने गरी गर्मि विदा दिइएको उल्लेख छ। अधिकृत जोशीले गर्मीका कारण विद्यार्थीहरु बेहोस हुन थालेपछि आइतबार देखि लागु हुने गरी विदा दिइएको बताईन। उनले गर्मि यथावत रहे विदा थपिने बताए। तराइका जिल्लाहरुमा केहि दिन यता तापक्रम बढ्न गइ गर्मी बढेका कारण जनजिवन प्रभावित भएको छ। मौसम विभागले अझै ५ दिन गर्मी यथावत रहने जनाएको छ।