दार्चुला। दार्चुलामा महिलालाई करणी गरेको आरोपमा एक वडाअध्यक्ष पक्राउ परेका छन्।दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडाअध्यक्ष मदन सिंह धामी गाउँकै महिलालाई करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।गत माघ २० गते महिलालाई जवरजस्ती करणी गरी वडाध्यक्ष धामी फरार भएका थिए।
आफूलाई जबरजस्ती करणी गरेको भन्दै वडाध्यक्ष धामीविरुद्ध फागुन ५ गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय दार्चुलामा जाहेरी दिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरलेउक्त जाहेरीको आधारमा उनलाई बुधवार बसपार्कबाट पक्राउ गरिएको बताए। प्रहरीका अनुसार पक्राउ परेका वडाध्यक्ष धामीलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ। म्याद थप गरेर उनीमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।