कञ्चनपुर। कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। कञ्चनपुरमा बुधवार भारतबाट भन्सार छलीगरी ल्याएर लुकाई राखेका दाल, पशु आहार, बिष्कुट, पेयपदार्थ ९डिउ०, लुगाधुने सोडा, मिस्री, साईकल लगायतका सामान प्रहरीले बरामद गरेको हो।
१० हजार ७ सय ५० मुल्य बराबरको सामानहरु बेवारीसे अवस्थामा फेलापारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिईएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाइएको छ। भीमदत्त नगरपालिका–१० गड्डाचौकी स्थित नेपाल भारत सिमानाका नजिकैबाट उक्त सामान फेला पारेको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिएको जनाएको छ ।

