धनगढी। धनगढीमा प्रहरीले भन्सार छलीका बेवारिसे सामग्री बरामद गरेको छ। मंगलवार साँझ धनगढी उप–महानगरपालिका–४ ओमशान्ती टोलमा भारतबाट भन्सार छली गरी ल्याइएका ५ सय थान लेडिज कुर्ती प्रहरीले बरामद गरेको हो। उक्त सामग्री करिब दुई लाख बराबरको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
यस्तै मंगलवार नै कैलालीको भजनी नगरपालिका–१ पडरिया चोकमा भन्सार छली गरि ल्याएका पेप्सी, आन्टी, सुपारी प्रहरीले बरामद गरेको छ । पच्चिस हजार बराबरको उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।