कञ्चनपुर। मंगलबार दिउँसो कञ्चनपुरको एक घरमा आगलागी भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ आशिस टोलमा विजुली सर्ट भएर आगलागी हुँदा दुई लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कलावती सिंहको दुई कोठे खरले छाएको कच्ची घरमा बिजुलीको तार सर्ट हुन गई आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट घरमा रहेको चामल, दाल, पिठो, लत्ताकपडा, टि।भी।, खटिया, भाडाकुडा, कागजपत्र र नौ हजार रुपैयाँ नगद गरी दुई लाख रुपैयाँको क्षति भएको हो प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन् । साथै आगलागी घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।