धनगढी। धनगढीमा भन्सार छलीका सामानसहित २ जना महिला पक्राउ परेका छन्। कैलालीमा प्रहरीले मंगलबार बिहान कैलालीको धनगढी उपमहागरपालिका–१ चक्मेलीमा सु.प.प्र.०१००१ह ५१०४ नम्बरको अटोमा भारतबाट भन्सार छलेर ल्याइदै गरेको सामानसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी टोलीले ९९ हजार रुपैयाँको सामानसहित धनगढी १ की ३० बर्षीय अटो चालक शारदा नेपाली र सामान ल्याउने धनगढी ८ की ३० वर्षिया पार्वती रानालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुले अटोमा मोवाईलका बिभिन्न पार्टपुर्जा ल्याइँदै गरेको अवस्थामा बरामद गरेको थियो। त्यस्तै मंगलबार बिहान धनगढी उपमहागरपालिका–२ त्रिनगरमा भारतबाट भन्सार छले अन्दाजी २० हजार रुपैयाँको सामान बरामद गरिएको छ । भन्सार छलेर ल्याउँदै गरेको झिल्ली, चिनी, मसला, सोडा, मिस्री, पास्तालगायतका मालसामानहरु बेबारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।