अछाम। अछाममा एक जना मृत फेला परेका छन्। अछाम चौरपाटी गाउँपालिका–४ आमसेराका ५३ वर्षीय खडकसिंह धामी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
सोमबार साँफेबगर नगरपालिका–१ डाँडाँसुडामा धामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।