धनगढी। कैलालीमा खाल्डो खन्ने क्रममा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँका मायाराम चौधीको घर नजिकै सेप्टी टंकिको खाल्डो खन्ने क्रममा कैलारी गाउँपालिका–२ का २७ वर्षीय बिष्णु चौधरीको मृत्यु भएको हो।
खाल्डो खन्ने क्रममा माटोको ढिस्कोले च्यापिएर घाइते भएका चौधरीेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतवार मृत्य भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।