अछाम। अछाममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। अछामको ढकारी गाउँपालिका–३ हिच्माका पहराम बुढाको छोरा ५५ वर्षीय गोरे बुढाको भिरबाट लडेर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरदेखि करिब ४ घण्टा पश्चिमतर्फ रहेको पितर देउता मन्दीरमा पुजा गर्न गएको र सांझ घर फर्कने बेला चौपारा टाकुरा डाँडाको भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सो स्थानमा जिल्ला प्रहरी कार्यालय अछाम र प्रहरी चौकी ढकारी अछामबाट प्रहरी टोली खटिएको छ । सो घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।