कञ्चनपुर। कञ्चनपुरमा एक गाई गोठमा आगलागी हुँदा एक लाख मुल्यको क्षती भएको छ। सोमबार विहान जिल्लाको भीमदत्त नगरपालिका–११ भुजेला स्थित वैजनाथ टोलका रमेश मिश्रको पक्की गाई गोठमा बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट गोठभित्र रहेको पराल ५ क्वीन्टल गहुँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट एक लाख मुल्य बराबरको नोक्सानी भएको बताइएको छ। गोठमा आगलागी हुँदा करिब ६५ वर्षीया जानकी मिश्रको मुख र कपाल सामान्य जलेको र उनको गड्डाचौकी स्थित मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ। प्रहरी, स्थानीय र भीमदत्त नगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा आएको बताइएको छ।