धनगढी। कैलालीको टीकापुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका-७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा भजनी नगरपालिका-८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरी रहेका छन्। शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको भेरी अस्पताल बाँके हुँदै टीकापुर अस्पतालमा थप उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र उनी माथी थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।