धनगढी। कञ्चनपुरको बेलौरीमा ब्राउनसुगरसहित प्रहरीले धनगढीका ३ जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० लठ्ठाघाटबाट धनगढी वडा नम्बर ११ का पदमबहादुर बोहरा, कृष्णराज राना र वडा नम्बर ६ का भानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
कञ्चनपुर प्रहरीका अनुसार ईलाका प्रहरी बेलडाँडी र प्रहरी चौकी भुडाको टोलिले उनीहरुलाई १० दशमलव ८४० ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो। उनीहरको साथबाट से ४ प ३९७६ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय बेलडाँडीले थप अनुसन्धान गरिरहेको जनाएको छ।