धनगढी। नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन यही जेठ २२ र २३ गते धनगढीमा हुने भएको छ।
प्रदेश सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला संघ (क्रान्तिकारी)की सुदूरपश्चिम प्रदेश संयोजक देवकी मल्लले जानकारी दिइन्।उनका अनुसार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका गाउँपालिका,नगरपालिका,जिल्ला समन्वय समिति,उपमहानगरपालिका समितिबाट गरी करीब ५ सय जनाको हाराहारीमा उपस्थिति रहने छ।
प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र)की केन्दीय उपाध्यक्ष तथा स्थायी कमिटि सदस्य पम्फा भुसाल,संगठनकी केन्द्रीय अध्यक्ष अमृता थापा मगर,माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट,संगठनकी केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज रेणु चन्द लगायतको उपस्थिति रहने मल्लले बताइन्। सम्मेलनबाट संगठनको विधान अनुसार ७ पदाधिकारीसहित ९९ देखि १५१ जनासम्मको प्रदेश समिति चयन हुने जनाइएको छ।