कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा ब्राउनसुगरसहित प्रहरीले धनगढीका ३ जनालाई पक्राउ गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–१० दिपघाटबाट कैलालीको धनगढी उपमहानगरपालिका-११ का २५ वर्षीय पदमबहादुर बोहरा र ३२ वर्षीय कृष्णा राना तथा धनगदी उपमहानगरपालिका–६ बिजुलियाका ४५ वर्षीय भानु चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार तीनैजना से४प ३९७६ नम्बरको मोटरसाईकलमा सवार रहेको र चेकजाँच गर्दा उनीहरुबाट १० ग्राम आठ सय ४० मिलिग्राम ब्राउनसुगर फेला परेको हो । ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर जनाएको छ। ईलाका प्रहरी कार्यालय बेलडाँडीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।