कैलाली। धनगढीको एक होटलमा जुवा खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ मा रहेको कमल रोशन होटलबाट शुक्रबार साँझ बझाङका आठ जनालाई पक्राउ गरिएको हो ।
प्रहरीले होटल सञ्चालक पनि बझाङको विथ्डचिर गाउँपालिका–२ घर भएका २८ वर्षीय जीबन बोहरा भएको जनाएको छ।प्रहरीले जुवा खालबाट २५ हजार सात सय नगद र तीन गड्डी तास बरामद गरेको छ ।उनीहरुलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बझाङ बिथ्डचिर गाउँपालिका–२ का होटल सञ्चालक जीबन बोहरा, सोही ठाउँका ४३ वर्षीय रणबहादुर बोहरा, सोही गाउँपालिका–१ का ४१ वर्षीय सुरेन्द्र बोहरा र ४३ वर्षीय, नरबहादुर बोहरा, बझाङकै छविसपाथिभारा गाउँपालिका–३ का ३४ वर्षीय पबेन्द्र मण्डल, छविसपाथिभारा–२ का ३४ वर्षीय देवीचन्द्र मण्डल र बझाङकै जयपृथ्वी नगरपालिका–९ का २६ वर्षीय दिलिप खड्का रहेका प्रहरीले जनाएको छ ।