कैलाली। कैलालीको टीकापुर अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको रकम निकासा नभएसम्म बीमा सेवा दिन नसक्ने बताएको छ । कैलालीको टीकापुर अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई पत्र लेख्दै सो जानकारी गराएको हो।
अस्पतालले स्वास्थ्य बीमा अन्तर्गतको २ करोड ७५ लाख रकम निकासा गर्न आग्रह गरेको छ। चालु आर्थिक वर्षको माघ, फागुन र चैत महिनाको प्रमाणित बीमा दाबी रकम २ करोड ७५ लाख ७९ हजार ४२५ रुपैयाँ भुक्तानीको लागि पत्रमार्फत आग्रह गरेको छ। भुक्तानी नभए स्वास्थ्य बीमा सेवाहरुको निरन्तरतामा कठिनाइ पर्नुका साथै अनिश्चितकालका लागि सेवा स्थगित गर्नुपर्ने समेत अस्पतालले जनाएको छ ।