धनगढी। धनगढीमा भोलि ३ घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ। अत्तरिया-धनगढी ३३ केभी लाइनमा लागेका बुस कटिङ्ग तथा मर्मत सम्भार गर्नका लागि भोलि शनिवार बिहान ७ बजेदेखि १० बजे सम्म विद्युत अवरुद्ध हुन लागेको विद्युत प्राधिकरण धनगढीले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले धनगढी सवस्टेशनबाट प्रशारण हुने विद्युत अवरुद्ध हुने जनाएको छ । केन्द्रले निर्धारित समय भन्दा अगाडी नै काम सम्पन्न भए विद्युत सुचारु गरिने जनाएको छ ।