धनगढी। सुदूरपश्चिम कि चर्चित देउडा गायिका लक्ष्मी आचार्यको नयाँ देउडा गित सार्वजनिक भएको छ। देउडा गायिका लक्ष्मी आचार्यको नयाँ देउडा गित रतन चणी ईजु सार्वजनिक गरिएको हो।
जसमा गायिका स्वयम आचार्य, गायक/सब्द/संगीत सुरेन भण्डारीको रहेकोमा मोडलः मिस पबी/ उमाकान्त आचार्यको रहेको छ । यस्तै व्यवस्थापनमा केशव बडु, निर्देशकमा परविन थापा, क्यामेरा म्यानमा वीरेन्द्र भट्ट, मिक्सिङ मास्टरिङमा पवन बिश्वो, रेकर्डिङ स्टुडियोः एसएमएस रेकर्डिस्टः पवनको रहेको बताइएको छ।
गायिका आचार्य पछिल्लो समयमा गीतहरु बजारमा ल्याएर यतिबेला चर्चामा रहेकी छिन् । फरक समयमा समय सान्र्दभिक र दर्शकमाझ रुचाइएका गितहरु सार्वजनिक गरिन थालिएपछि टिकटकदेखि सबैतिर उनका गितहरुले प्राथमिकता पाइरहेका छन् । जसकारण कारण उनको चर्चा अहिले चुलिएको छ।