कञ्चनपुर। कञ्चनपुरमा बैयल गाडामा च्याप्पिएका एक बालकको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका–५ रामनगरका अमरसिह चौधरीका छोरा दुई वर्षीय रेगमसिह दहित ९चौधरी०को मृत्यु भएको प्रहरीले जनाएको छ।
आफ्नै घर आगनमा राखिएको बैयल गाडामा खेल्ने क्रममा बैयल गाडाको अगाडिको भाग उठ्नगई पछाडीको भागमुनि च्याप्पिएका उनको उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका बालकको आज निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।सो विषयमा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


