कैलाली। कैलालीको भजनीबाट भारतिय नागरिक भन्सार छलीका सामानसहित पक्राउ परेका छन्। जिल्लाको भजनी नगरपालिका–५ कुटी स्थित लखिमपुर खिरी भारत घर भएका २३ वर्षीय सरिफ अलिलाई बिहीवार प्रहरी टोलीले पक्राउ गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले अलिले चलाएको यूपी ३१ एसी ३७३९ नम्बरको मोटरसाइकलमा भन्सार छली गरी ल्याएको स्प्राईड ६ पेटी र मोटरसाइकलसहित १ लाख १० हजार बराबरको सामानसहित पक्राउ गरेको हो। प्रहरीले आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाएको जनाएको छ। उनी माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।