कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले मोटरसाइकलसहित अवैध कुखुरा बरामद गरेको छ। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ बैजुडाडाबाट से १ प ५९१८ र से १ प ९३१० नम्बरको मोटरसाइकलमा दुइ सय किलोग्राम अवैध कुखुरा बरामद गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल र कुखुरा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको बताएको छ।प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी टोलीले एक लाख २० हजारका अवैध कुखुरा र मोटरसाइकल बरामद गरेको हो।बिहीवार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी टेडुवा कञ्चनपुरबाट संंयुक्त प्रहरी टोली खटिएको थियो ।


