अछाम। अछाममा भीरबाट खसेर महिलाको मृत्यु भएको छ। अछामको रामारोशन गाउँपालिका-५ की ६२ वर्षिया पारुदेवी बुढाको बिहीबार बिहान ७ बजे घाँस काट्न गएका बेला भीरबाट खसेर मृत्यु भएको छ।
नजिकैको सिन्दुरे भन्ने भीरमा घाँस काट्दा भीरबाट खसेर मृत्यु भएको मृतकका भतिजा सुवर्ण बुढाले जानकारी दिए। घटनास्थलमा प्रहरी गएर जाँचबुझ गर्ने काम भइरहेको बताइएको छ। मृतकको पोष्टमार्टमका लागि पनि तयारी भइरहेको प्रहरीले बताएको छ।