काठमाडौँ। तल्लो अरुण र कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिएको नेपालले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा निर्माण हुने दोधारा-चाँदनी सुख्खा बन्दरगाहको निर्माणसमेत भारतलाई नै गर्न दिने सम्झौतामा हस्ताक्षर गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो। उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे।