काठमाण्डौँ । नेपाल र भारतबीच सात बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा आज उक्त सम्झौता भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनगरी सम्झौताबारे जानकारी दिएका छन्।
जसमा पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, हाइड्रोपावरमा भारतीय लगानी, ट्रान्समिसन लाईन निर्माणलगायत छन् ।आजै अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास गरिएको छ । त्यस्तै, सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास र नेपालगञ्ज(रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन पनि गरिएको छ । सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माणमा पनि समझदारी भएको जनाइएको छ ।
संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले अबको १० वर्षमा भारतले नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाएको जानकारी दिँदै उनले पछिल्लो ९ वर्षमा भारतले नेपालबाट ४५० मेगावाट बिजुली किनेको जानकारी पनि दिए ।नेपालको विकासका लागि सिर्सिया र झुलाघाटमा पुल निर्माणमा भारतले सहयोग गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए ।


