धनगढी : धनगढी उपमहानगरपालिकाले अपाङ्गता भएका ब्यक्तीहरुलाई लक्षित गरेर नापजाँच शिविरको आयोजना गरी सहायता सामग्री आवश्यक पर्ने ब्यक्तीहरुलाई सहायता सामग्री सहयोग गरेको छ ।उपमहानगरमा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तीहरुलाई नछुटाउने उद्देश्यले १९ वटै वडामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूको पहुँच पुग्ने धनगढीका ४ स्थानमा नापजाँच शिविर आयोजना गरिएको थियो ।
२०७९ माघ ३ गते देखि सन्चालन भएको शिविरमा अपाङ्गता सहायता सामग्रीका लागि २४८ व्यक्तिहरूको नापजाँच गरिएको थियो ।
शिविरकै समयमा ९१ जना अपाङ्गता भएका व्यक्तिलाई सहयोग सामाग्री प्रदान गरिएको थियो । सहायता सामग्री तयार गर्न समय लाग्ने सामग्री बाकी रहेका ब्यक्तीहरुका लागी अपाङ्गता क्षेत्रमा लामो समयदेखी काम गर्दै आइरहेको NNSWA को प्रावधिक सहयोगमा बाकी सहायता सामग्री बुधबार धनगढीका १५,१६ र १७ नम्बरका मा ३२ जनालाई सहायता सामग्री प्रदान गरिएको छ ।
जसमा २०७९ माघ ५ गते नाप जाँच भएका ५६ जना मध्ये सोही दिन अपाङ्गता २४ जनालाई सोही दिन सहायता समाग्री बितरण गरिएको थियो । धनगढी उप महानगरपालिकाका १९ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामाग्री बितरणका लागी करिब ३८ लाख रहेको उप महानगरले जनाएको छ ।
बुधबार १५,१६ र १७ नम्बर वडामा ह्विल चियर १६ थान, ट्राईसाईकिल ४, क्रत्रिम खुट्टा २, क्रत्रिम हात १, ट्वाइलेट चियर १, रोटेलर १, स्पाईनल बेल्ट ४, वाकर स्टिक २, । घुँडा सपोट १ जोर वितरण गरिएको हो । धनगढी उप(महानगरपालिकामा बसोबास गर्ने अपाङ्गता भएका सम्पूर्ण व्यक्तिहरूको दैनिक जिवनमा सहजता ल्याउन सहायक समाग्री बितरण गर्नृे हरेक बर्षको योजना अनुरुप यस पटकपनि अपागंता सहायक सामग्री वितरण गरेको उपमहानगरले जनाएको छ ।


