धनगढी। अत्तरियामा आज चक्काजाम गरिएको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय संघर्ष समितिले चक्काजाम गरिएको हो । विहीबार बिहान ९ बजेदेखी १० बजेसम्म १ घण्टा चक्काजाम गरिएको समितिले जनाएको छ ।
गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान विश्वविद्यालयको रुपमा प्रतिष्ठानको रुपमा अगाडी बढाउने घोषणा सरकारले गरेपछी समितिले संघर्षका विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो ।संघर्ष समितिका संयोजक लोकराज पाण्डे ९आगो०को अध्यक्षतामा बसेको बैठकले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ आन्दोलन गर्ने निर्णय गरेको हो ।संघिय बजेटमा गेटा मेडिकल विश्वविद्यालयको बारेमा खासै चित्त बुझ्दो बजेट र कार्यक्रम आउन नसकेको भन्दै यँहा असन्तुष्टी बढेको छ ।


