कञ्चनपुर। कञ्चनपुरमा २ जना महिला भन्सार छलीका सामानसहित पक्राउ परेका छन् । बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भन्सार छलीका सामानसहित दुई महिलालाई नियन्त्रणमा लिएको हो।
भीमदत्त नगरपालिका–७ की ४५ वर्षीया कलावती जाग्री र सोहि स्थानकी ३७ वर्षीया सिता धामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।उनीहरुलाईभीमदत्त नगरपालिका-१० बाट भन्सार छलीका खुर्सानी, नरिवल र कपडासहित नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुलाई आवश्यक कारवाहीका लागि सामानसहित भन्सार कार्यालय गड्डाचौकी पठाएको जनाएको छ।