धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ स्थीत बेहडाबाबा स्थित तालमा डुबेर एकको मृत्यु भएको छ । आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्र स्थित महादेवा तालमा पौडी खेल्ने क्रममा २५ वर्षीय लोकेश भाटको डुबेर मृत्यु भएको हो।
डडेल्धुराको परशुराम नगरपालिका जोगबुडा घर भएका भाट रहेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुलदीप चन्दले बताए। उनी कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका थिए। आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर–१६ रामपुर स्थित बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको थियो। उनीसँगै गएका ३ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको डीएसपी चन्दले जानकारी दिएका छन्।