काठमाडौं। नेकपा एमालेका नेता डाक्टर भीम रावलले गणतन्त्रमा अपराधको राजनीतिकरण, भ्रष्टाचार र बेथितिले व्यवस्था कुप्रिएको टिप्पणी गरेका छन्। सोमवार गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले गणतन्त्रलाई सोझो गरी उभ्याउन र हिलोमैलो पखाल्न चेतना र जाँगरको सञ्चार होस् भनी कामना गरेका छन् ।
उनले लेखेका छन्, ‘गणतन्त्र स्थापनाको १६औं वर्षमा यस व्यवस्थामा युवा शक्ति र स्फूर्ति हुनुपर्ने हो तर अपराधको राजनीतिकरण, भ्रष्टाचार, बेथिति र बाह्य शक्तिको दलालीले व्यवस्था कुप्रिएको छ र कुरूप देखिन थालेको छ । यसलाई सोझो गरी उभ्याउन र हिलोमैलो पखाल्न चेतना र जाँगरको सञ्चार होस्, सबैमा यही शुभकामना ।’यस्तै उनले फेसबुक स्टाटसमा देशमा वाह्य शक्तिका दलालहरूको बिगबिगी अचाक्ली बढ्यो।यस्तैको लागि गणतन्त्र ल्याइएको होइन । भन्दै बिगबिगी दलालको भन्दै कविता लेखेका छन् ।