कैलाली। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुटेसँगै कैलालीको टीकापुरलाई छुट्टै जिल्ला बनाउने बताएका छन्। आज सोमबार बिहान डिल्लीबजार जेलबाट रिहा भएपछि पत्रकारहरूसँगको कुराकानीमा चौधरीले सो कुरा बताएका हुन् ।
उनले अलगै जिल्ला बनाउँदैमा विकास नरोकिने भन्दै टीकापुरलाई जिल्ला बनाइयो भने नेपालको विकास हुने बताए। नेपालको विकासमा एउटा इट्टाको आयाम थपिने उनको दाबी छ। उनले पहिचानसहितको प्रदेश मागेको समेत बताए। भर्खरै कोशी प्रदेशको कुरा आयो। अञ्चलको नाम कोशी, नदीको नाम कोशी अनि प्रदेशको नाम पनि कोशी लिम्बूवान र किराँत राख्नेबित्तिकै सबैभन्दा धेरै त्यो ठाउँका नागरिकहरू खुशी हुने भन्दै पहिचान र जातीय आधारमा नामाकरण गर्नुपर्नेमा जोड दिए।
उनले भने,नेपालको विकासमा एउटा इट्टाको आयाम थपिन्छ। जस्तै पहिचानसहितको हामीले प्रदेश माग्यौँ। भर्खरै कोशी प्रदेशको कुरा आयो। अञ्चलको नाम कोशी, नदीको नाम कोशी अनि प्रदेशको नाम पनि कोशी लिम्बूवान र किराँत राख्नेबित्तिकै सबैभन्दा धेरै त्यो ठाउँका नागरिकहरू खुशी हुन्छन् उनले भने।